सदरलाइनडटकम,
काठमाण्डौ : टर्कीको इस्तानबुलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १ सय ७० जना घाइते भएका छन् । इज्मिर प्रान्तबाट गएको बोइङ ७३७ विमान सबिहा गोक्सेन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
भारी वर्षासँगै तीव्र गतिमा हावा चलेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको थियो भने उडान ‘डाइभर्ट’ गरिएको थियो । विमानमा १२ देशका २२ जना पर्यटक रहेको पेगासस एअरलाइन्सले जनाएको छ ।
दुर्घटनापछि विमान तीन टुक्रा भएको जनाइएको छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । विमानमा चालक दलका सदस्यसहित १ सय ८३ जना थिए । दुर्घटनापछि विमानमा लागेको आगो दमकलको सहयोगमा निभाइएको थियो । (एजेन्सी)
Next Post
वडाध्यक्ष धामीको शव उठाउने सहमति
२३ माघ २०७६, बिहीबार १३:१९
सम्बन्धित
-
१५ मंसिर २०७९, बिहीबार १३:१४
विश्व एड्स दिवस : बाँकेमा ५३८ एचआईभी संक्रमित नियमित उपचारमा
-
३० बैशाख २०८०, शनिबार १३:०८
राप्तीसोनारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते, दुईको अवस्था गम्भीर
-
२२ जेष्ठ २०७९, आईतवार १७:३२
अबको केहि दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै
-
२६ चैत्र २०७४, सोमबार ११:५९
गोपालनाथ योगी प्रतिनिधिसभाको सचिव सिफारिस
-
२५ मंसिर २०७८, शनिबार १९:१५
दाङमा विद्यार्थी चढेको बस दुर्घटना, ७ जना घाइते सबैको अवस्था सामान्य
-
९ भाद्र २०७५, शनिबार १४:५७
कर्णालीमा ७७ प्रतिशत किशोरी छाउगोठमै बस्छन्