२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा सोमवार ५ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा सोमवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३७ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १३ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा २४ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

सोमवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३७२ पुगेको छ ।

यस्तै सोमवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक ८ गते सोमबार
ताजा समाचार