२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा शुक्रवार २३ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६ नमुना परीक्षण गर्दा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये २ र ७ वर्षकी दुई बालिका पनि छन् ।

भेरी अस्पतालमा ५४ नमुना परीक्षण गर्दा १५ र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा १२ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ११ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २८४ पुगेको छ ।

यस्तै शुक्रवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८७७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार
ताजा समाचार