२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा आइतवार एकजनामा मात्र कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

आइतवार संक्रमण पुष्टि भएका नेपालगञ्ज १८ की ४० वर्षीया महिला हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६७ पुगेको छ ।

यस्तै आइतवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९० पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक ७ गते आइतबार
ताजा समाचार