२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा १० संक्रमित थपिए, १७ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६३ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७ नमुना परीक्षण गर्दा २ र मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा ५ र बागेश्वरी ल्याबामा ३० नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३२७ पुगेको छ ।

यस्तै बुधवार थप १७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९१२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधबार
ताजा समाचार