२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बुधवार २६ संक्रमित थपिए, १९ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११२ नमुना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ८ जना छन् ।

खजुरा, बैजनाथ र कोहलपुरका २–२ जना र नेपालगञ्ज र नरैनापुरका १–१ जना रहेका छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या बाँकेमा अव १८ हजार २३ पुगेको छ ।

यस्तै बुधवार थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३१ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १८ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । ३१ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार
ताजा समाचार