२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बिहीवार २० संक्रमित थपिए, ९ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बिहीवार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १५ र कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ११ जना छन् ।

ती मध्ये कोहलपुर नगरपालिकाका ७ र नेपालगञ्जका ४ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या बाँकेमा अव १८ हजार ३४ पुगेको छ ।

यस्तै बिहीवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ९५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३३१ रहेको छ ।

प्रकाशित मिति : २०७८ भदौ १७ गते बिहीबार
ताजा समाचार