२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बिहीवार १७ जनामा कोभिड पुष्टि



नेपालगञ्ज : बाँकेमा बिहीवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९४ नमुना परीक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्याबमा २ जना गरि १७ जनामा भाइरस संक्रमण देखिएको हो ।

तीमध्ये बाँकेका ६ जना छ्न । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २१९ पुगेको छ ।

यस्तै बिहीवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८१० पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ५ जना सिकिस्त र २२ जना मध्यम विरामी छन् ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहीबार
ताजा समाचार