जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १२:५४
 

जानकी (बाँके) : जानकी गाउँपालिका बाँके जिल्लामै पहिलो पटक बालविवाह मुक्त स्थानीय तह घोषणा हुने भएको छ । यहि भदौ २९ गते गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक भूमिसरा धितालले जानकारी दिइन् ।

बालविवाहमुक्त गाउँपालिका घोषणा कार्यक्रमको लागि गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक धितालको संयोजकत्वमा २१ सदस्यीय बालविवाह मुक्त पालिका घोषणा समिति गठन गरिएको छ । समितिमा सरोकारवाला संघसंस्था र व्यक्तिहरु सदस्य छन् ।


जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार, गाउँपालिकाको वडा नं. १, २, ३,४ र ५ बालविवाह मुक्त घोषणा भइसकेका छन् भने सोमवार वडा नं. ६ पनि बालविवाह मुक्त वडा घोषणा हुँदैछ । जिल्लामा बालविवाह मुक्त घोेषणाका लागि सहजीकरण गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

२८ भाद्र २०७८, सोमबार १२:५४
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । उपचारका क्रममा ठाकुरबाबा नगरपालिका–८ बर्दियाकी ४६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । भदौ २२ गते कोरोना पुष्टि भएकी उनी त्यसैदिन भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । उनको […]