आइतवार प्रजातन्त्र दिवस मनाईंदै

सदरलाइन संवाददाता ७ फाल्गुन २०७९, आईतवार १३:०७
 

नेपालगञ्ज : आइतवार प्रजातन्त्र दिवस देशभर धुमधामका साथ मनाईंदैछ । जहानियाँ राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आइतवार प्रजातन्त्र दिवस मनाईंदैछ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति बनाएरै प्रजातन्त्र दिवस मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मूल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो ।


हिजोदेखि तीन दिन दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत भएको थियो । काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराइने गर्दै आएको छ ।

७३ औं प्रजातन्त्र दिवस मनाइरहँदा अझैसम्म सम्पूर्ण नेपालीले भने प्रजातन्त्रको अनुभूति गर्न नसकेको आवाज आइरहन्छ । समानताको समस्या हरेक क्षेत्रमा देखिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका छ हजार घरपरिवार सिलिन्डर विस्फोटको उच्च जोखिममा

७ फाल्गुन २०७९, आईतवार १३:०७
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत क्षेत्रका ६ हजारभन्दा बढी घरपरिवारको भान्साकोठामा राखिएका ग्यास सिलिन्डर विस्फोटको उच्च जोखिममा छन् । जिल्लामा ग्यास उत्पादन गर्ने दुई कम्पनीले बजारमा ठूलो सङ्ख्यामा म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका सिलिन्डर बजारमा पठाएको तथ्य फेला परेपछि छ हजारभन्दा बढी परिवार विस्फोटको उच्च […]