कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १२:५९
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । उपचारका क्रममा ठाकुरबाबा नगरपालिका–८ बर्दियाकी ४६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

भदौ २२ गते कोरोना पुष्टि भएकी उनी त्यसैदिन भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा आज विहान ८ बजे मृत्यु भएको हो । योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाटेबाघले बाँकेको कुसुममा मान्छे खायो

२८ भाद्र २०७८, सोमबार १२:५९
नेपालगञ्ज : बाँके निकुञ्जबाट आएको पाटेबाघले एक जनालाई मारेर खाएको छ । पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम नजिकै रहेको गाभर गाउँमा भेरी राप्ती स्टाफ होटलमा काम गर्ने ब्यक्तिलाई मारेर खाएको हो । आइतवार बेलुकीदेखि हराइरहेका अन्दाजी ४५ बर्षका “भैया“ भनेर सबैले बोलाइने ती ब्यक्तिको खोजी कार्य गर्दा सोमवार […]