बाँकेमा सर्वदलीय निर्णय अनुसार मतगणनाकाे तयारी

सदरलाइन संवाददाता ३० बैशाख २०७९, शुक्रबार २१:५७
 

नेपालगञ्ज  : बाँकेमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको छ । निर्वाचन सम्पन्न भएको पालिकामा मतपेटिका संकलन भइसकेको र केही पालिकामा मतपेटिका संकलन हुने क्रममा छन् ।

सबै पालिकाहरुमा मतपेटिका संकलन भइसकेपछि मतगणना शुरु गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर भएको सहमति अनुसार मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारिले जानकारी दिए ।

नेपालगञ्जमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत तिवारीले बताए । यसैगरी कोहलपुर नगरपालिकामा पनि रातीदेखि नै गणनाको तयारी गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए । काेहलपुरकाे पिपरीकाे सरस्वती मािवमा रहेको मतदान केन्द्रमा साझ 5 बजेपछि मतदान गर्ने कुरामा विवाद भयपछि मतदान हुन सकेकाे छैन ।समाचार तयार पार्दासम्म सर्वदलिय बैठक बसेर केन्द्र भीत्र रहेकालाई मतदान गर्न दिने सहमति भयकाे निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिकामा भने भोली विउहान ६ बजेदेखि मतगणना गर्ने तयारीमा आफूहरु रहेको निर्वाचन अधिकृत टोपेन्द्र बहादुर केसीले बताए ।  जानकीमा सर्वदलीय बैठक बसेर त्यसको निर्णयको आधारमा सकभर आजै रातीदेखि नभए भोली विहान ८ बजेदेखि मतगणना हुने निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए ।


नरैनापुरमा मतपेटिका बुझेर मत गणनाकाे लागि सर्वदलीय बैठक बसेर आजै मतगणना शुरु गर्ने  निर्वाचन अधिकृत रेशम आचार्यले बताए । डुडुवामा पनि रातीदेखि नै मतगणना गर्ने तयारी छ । निर्वाचन अधिकृत फटिकराज मुडभरीले सर्वदलीय निर्णय अनुसार हुने बताए ।

यसैगरी खजुरामा पनि साेहि अनुसारको तयारी भएको निर्वाचन अधिकृत लाेकबहादुर सुनारले जनाए ।
बैजनाथमा पनि सर्वदलीय बैठकको निर्णय अनुसार या त राती नै त्यो नभए भोली विहानदेखि मतगणना शुरु हुने निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

धेरैजसो मतदान केन्द्रहरुमा साँझ अबेरसम्म मतदान भएकाले मतपेटिका संकलनमा ढिलाई हुँदा मतगणना मध्यराती या भोली विहान शुरु हुने देखिएको छ ।

मतदान अबेरसम्म चल्दा बाँकेमा खसेको मत अझै यकिन हुन सकेको छैन । यद्यपि औषतमा ७० प्रतिशत मत खसेको आंकलन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज वडा नं. २३ बाट काँग्रेसको विजयी शुरुवात

३० बैशाख २०७९, शुक्रबार २१:५७
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले खाता खोेलेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बार अली बेहना विजयी भएका छन् । जब्बार नेपाली काँग्रेसको वडा नम्बर २३ को बुथ सभापति समेत छन् । उनले जसपाका मो.हुसेन शेषलाई पराजित गर्दै आफू विजयी भएका […]

सम्बन्धित