कोरोना संक्रमणबाट नेपालगञ्जका पुरुषको उपचारको क्रममा मृत्यु

सदरलाइन संवाददाता ११ आश्विन २०७७, आईतवार १०:३९
 

नेपालगञ्ज  : बाँकेमा कोरोना संक्रमणबाट आज आइतबार बिहान फरि एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत रहेका ती ४७ वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

नेपालगञ्ज उपमहागरपालिका–९ का स्थानीय ४७ वर्षिय पुरुषको गत भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनलाई प्लाज्मा थेरापी समेत दिईएको र उपचारका सबै उपायहरु अपनाउंदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन श्रेष्ठले बताए ।


मृतकमा पहिलेदेखि नै मधुमेहको रोगको समस्या रहेको र उपचारका क्रममा फोक्सोको दुबै भागमा कडाखालको निमोनिया देखिएको बताईएको छ । मृतक मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जका प्रशासन तर्फका स्टाफ भएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

Next Post

किशोरीको क्षमता विकासका लागि उद्घोषण तालिम

११ आश्विन २०७७, आईतवार १०:३९
बैजनाथ (बाँके) : बाल विवाह रोकथामको लागि बाँकेका बिभिन्न स्थानीय तहमा सक्रिय किशोरी क्लवहरुका पदाधिकारीहरुका लागि दुई दिने उद्घोषण सीप तालिम बाँकेको बैजनाथ, खजुरा र जानकी गाउपालिकामा सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा छुट्टाछुट्टै स्थानमा स्वास्थ्य सुरक्षा अपनाउदै आयोजना गरिएको सो तालिममा […]