हटेन नेपालगञ्ज–कोहलपुर सडकको अतिक्रमित संरचना

सदरलाइन संवाददाता १४ माघ २०७८, शुक्रबार १३:५५
 

नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडक क्षेत्रको अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढ्न सकेको छैन् । डिभिजन सडक कार्यालय नेपालगन्जले पुष मसान्तसम्म स्वस्फुर्तमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम दिएको थियो ।

उक्त अवधिभित्र अतिक्रमण नहटाएमा कार्यालयलेनै हटाउने चेतावनी दिएको थियो । तर उक्त अल्टिमेटमको दुई साता पुग्दा समेत कार्यान्वयन हुन सकेको छैन् ।

तोकिएको समयमा अतिक्रमण हटाउँदा हुने क्षतिको जिम्मेवार सडक डिभिजन नहुने र अतिक्रमण हटाउँदा लाग्ने खर्च पनि अतिक्रमण गर्ने व्यक्तिबाट भराइने डिभिजन सडकको भनाइ छ ।


डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले प्रमुख जिल्ला अधिकारी र आफ्नो स्वास्थ्य उपचारका कारण एक्सनमा जान ढिलाई भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री आँखाको उपचारमा केही दिन काठमाण्डौमा गएका थिए भने अहिले एसी आफ्नो दाँतको उपचारका लागि काठमाण्डौ गएका छन् । प्रमुख एसीले उपचार गरेर फर्किसकेपछि तत्काल निर्णय गरेर नियमाअनुसार अतिक्रमण हटाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार ९३ संक्रमित थपिँदा ७८ डिस्चार्ज

१४ माघ २०७८, शुक्रबार १३:५५
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६० जनाको पीसीआर परीक्षण गर्दा ९३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ९० जनाको नमुना जाँच गर्दा ५७, मेडिकल कलेज कोहलपुरमा […]

सम्बन्धित