Sadarline
२०८३ असोज २९ , बिहीबार

बाँकेमा ४ संक्रमित थपिए, ५ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ नमुना परीक्षण गर्दा थप ४ ननामा भाइरस संक्रमण पुष्टि भएको हो ।

ती सबै जिल्लाका बाहिरका हुन् । यस्तै आइतवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७ सय ९२ पुगेको छ ।

उपचार गराइरहेका मध्ये ६ जनाको अवस्था गम्भीर छ भने २ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । २२ जना मध्यम बिरामी रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतबार
ताजा समाचार