Sadarline
२०८३ असोज २९ , बिहीबार

बाँकेमा शनिवार १७ संक्रमित थपिए, ५ डिस्चार्ज



नेपालगञ्ज : बाँके शनिवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा १२२ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा ९ जना, मेडिकल कलेज कोहलपुरमा ३९ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा ३७ नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै शनिवार थप ५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ३७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ भदौ १९ गते शनिबार
ताजा समाचार