२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बिहीवार तेह्र जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा बिहीवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५३ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी ल्यावमा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका ८ जना छन् । कोहलपुरका ४, नेपालगञ्ज र खजुराका २–२ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ७८ पुगेको छ ।

यस्तै बिहीवार थप ६ जना डिस्चाार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७१ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ८८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहीबार
ताजा समाचार