२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा १८ संक्रमित थपिए, ७ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १३० नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ६६ नमुना परीक्षण गर्दा १६ र बागेश्वरी प्रयोगशालामा १७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टिभएको छ । मेडिकल कलेज कोहलपुरमा ४७ नमुना परीक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ६ जना छन् । नेपालगञ्ज र खजुराका २–२ जना, कोहलपुर र राप्तीसोनारीका १–१ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ६ पुगेको छ ।

यस्तै मंगलवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ भदौ २९ गते मंगलबार
ताजा समाचार