Sadarline
२०८३ असोज २९ , बिहीबार

बाँकेमा शुक्रवार १० संक्रमित थपिए, ७ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ५, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । कोहलपुरका ५, खजुराका २ र बैजनाथका १ जना हुन् ।

योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ८७ पुगेको छ । यस्तै शुक्रवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ भदौ २५ गते शुक्रबार
ताजा समाचार