२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बुधवार ५ संक्रमित थपिए, ११ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती, दुवै खजुरा गाउँपालिकाका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ ।

यस्तै बुधवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ भदौ ३० गते बुधबार
ताजा समाचार