२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दिया प्रशासनलाई स्वास्थ्य सामग्री सहयोग



बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख बढिको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम तथा प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय बर्दियालाई ४५ लाख ६२ हजार २६४ रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्र बर्दियाले जिल्ला विपत ब्यबस्थापन समिति बर्दियाको सहकार्य तथा समन्वयमा सो रकम बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

प्लान इन्टरनेशनल नेपालका रिजनल म्यानेजर मिना पराजुलीले मानवीय सहयता कार्यका लागि विपदको अवस्थामा सहयोग स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराएको बताइन् ।

संस्थाबाट बिपन्न परिवारलाई खाद्य सामग्री पनि उपलब्ध गराइएको र कठिन अवस्थामा रोगसंग संघर्षरत स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको पराजुलीले बताईन ।

सामग्री ग्रहण गर्दै बर्दियाका साहयक जिल्ला प्रमुख अधिकारी माधब प्रशाद शर्माले विश्वब्यापी मानवीय विपतीको रुपमा आएको कोभिड–१९ रोकथाम, न्यूनिकरण र प्रतिकार्यका लागि प्राप्त सहयोग प्रयोग गरिने बताए । उनले सहयोगका लागि प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रलाई विशेष धन्यबाद दिए ।

प्रकाशित मिति : २०७८ भदौ १७ गते बिहीबार
ताजा समाचार