२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । उपचारका क्रममा रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र सुर्खेत भेरीगंगाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौ ९ गते कोभिड पुष्टि भएका त्रिवेणी गाउँपालिका–६ रुकुम पश्चिमका पुरुषको मंगलवार राती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

त्यस्तै २० गते भेरीमा भर्ना भएका भेरीगंगा नगरपालिका–१३ सुर्खेतका पुरुषमा त्यसैदिन कोभिड पुष्टि भएको थियो । उनको बुधवार विहान मृत्यु भएको हो । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २३ गते बुधबार
ताजा समाचार