२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु



नेपालगञ्ज : भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

सल्यान ६ की ३० वर्षिया महिलाको मंगलबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो । लामो समयसम्म उपचार गर्दा पनि कुनै सुधार नआएपछि मङ्गलवार मृत्यु भएको वलीले बताए ।

यस्तै दाङ, शान्तिनगर १ की ५८ वर्षीया महिलाको पनि सोमबार राती मृत्यु भएको थियो । भेरी अस्पतालमा यही भदौ ४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेका अस्पतालमा आएका ४०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने बाँकेका मात्रै ३२९ जनाको हालसम्म मृत्यु भइसकेको छ ।

केही दिन यता संक्रमणबाट मृत्यु हुनेको संख्या घटेकोमा हाल फेरी भेरी अस्पतालमा मृत्यु हुने क्रम बढ्न थालेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार
ताजा समाचार