२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा आइतवार ४ संक्रमित थपिए, १६ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

कोहलपुर मेडिकल कलेजमा २ र भेरी र बागेश्वरी १–१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तिमध्ये बाँकेका एकजना मात्रै छन् ।

ती कोहलपुर नगरपालिका–३ की २१ वर्षीया युवती हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ८८ पुगेको छ । यस्तै आइतवार १६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ५६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय १९ रहेको छ ।

प्रकाशित मिति : २०७८ भदौ १३ गते आइतबार
ताजा समाचार