२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा आइतवार ११ संक्रमित थपिए, १४ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा आइतवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७२ नमुना परिक्षण गर्दा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९९ पुगेको छ ।

यस्तै आइतवार १४ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ५० पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १६६ रहेको ओलीले बताए । सिकिस्त बिरामी २१ जना छन भने मध्यम बिरामी २९ जना रहेका छन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ भदौ ६ गते आइतबार
ताजा समाचार