बाँकेका चार पालिकाका अभियन्तालाई मानवबेचविखन रोकथाम र बालसंरक्षण तालिम

सदरलाइन संवाददाता ५ भाद्र २०७८, शनिबार १९:१२
 


नेपालगञ्ज : प्लान नेपालको सहयोगमा बाँके युनस्को क्लवद्वारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजनामा छनोट गरिएका युवा अभियन्ताका लागि ‘अभियन्ताहरुको टीम विकास र विपदको अवस्थामा बाल संरक्षण’ विषयक तीन दिने तालिम सञ्चालन गरेको छ ।

रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिमको सञ्चालन गरिएको क्लबले जनाएको छ ।

समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई एउटा अभियानको रुपमा संचालन गर्न युवा अभियान्ताहरुलाई तालिम दिईरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

सो तालिममा नेपालगञ्ज उपमहानगरपालिकाबाट ५, कोहलपुर नगरपालिकाबाट ५, बैजनाथ गाउँपालिकाबाट ६ र खजुरा गाउँपालिकाबाट ५ जना गरी जम्मा २१ जना अभियन्ताको सहभागिता रहेको छ ।


सो तलिममा बिपद् अबस्थामा बालबालिकाहरुले ब्यहोनु पर्ने जोखिमताहरु, त्यो समयमा बालबाबिलाकहरुका आबश्यकताको पहिंचान, सहयोगका क्षेत्रहरु, जोखिम कम गर्ने उपायहरु, जोखिम अबस्थाका बालबालिका र परिवारको पहिंचान, त्यसका बिधीहरु लगायत समग्र बाल संरक्षणको बिषयहरुमा प्रशिक्षण दिइने बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना अधिकृत महेश नेपालीले बताए ।

यसैगरि कोभिड १९ ले समुदायमा र बालबालिकाहरुमा पारेको प्रभाव, यसको रोकथामका उपायहरु र कोभिड संक्रमित बालबालिकाहरुको आबश्यकता पुर्ति र उनीहरुको संरक्षणमा युवा अभियन्ताहरुको भुमिका र जिम्मवारीको बिषयमा पनि प्रशिक्षण दिइने छ ।

तालिममा बिपद्को अबस्थामा मानव बेचबिखन, बालबालिकाहरु माथी हुने हिंसा, शोषण, बेवास्ता, दुब्र्यबहार जस्ता कार्यहरुको रोकथाम र संबोधनका लागी युवा अभियान्ताले समुदायमा गर्न सक्ने कार्यहरुको सम्बन्धमा कार्ययोजना समेत निमार्ण गरीने क्लबले जनाएको छ । सो ३ दिने तालिमको सहजीकरण काठमाण्डौंका सागर भन्डारीले गरेका छन् । भण्डारीले अपेक्षा गरे अनुरुप तालिम सफलतापुर्वक सञ्चालन भैरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भालु वेहनाको अध्यक्षतामा भएको भेलाले परसपुरको सहादत मस्जिद गुठी सञ्चालन समिति निर्माण

५ भाद्र २०७८, शनिबार १९:१२
नेपालगञ्ज :  नेपालगञ्ज–१७ परसपुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ सञ्चालक  समिति स्थानीय  जेष्ठ  नागरिक भालु बेहनाको अध्यक्षतामा भएको भेलाले पुनः निजामुद्दिन ईद्रिशीको अध्यक्षतामा  नयाँ कार्यसमिति चयन गरिएको छ । सो समितिको गुलाम वासिम हल्वाई उपाध्यक्ष, सदस्यहरुमा हलिम दर्जी,सफिक बेहना, मकसुद अली दजी, गुुडिया दर्जी, जमालुद्दीन ईद्रिसी, मुनिर अहमद खाँ, हाफिज […]