नेपालगञ्ज : बाँकेमा शनिवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ४ र मेडिकल कलेज कोहलपुरमा ३५ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै बागेश्वरी ल्यावमा १९ नमुना परीक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ ।
शनिवार संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३९ पुगेको छ । शनिवारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६५ रहेको छ ।