नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गरिने : अर्थ मन्त्री शर्मा

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १३:१३
 

नेपालगञ्ज : अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेका छन् ।

नेपालगञ्जबाट सुर्खेत जाने क्रममा बिहीबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नष्ट हुन लागेपछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै केही राहातको पहल गरी दिन आग्रह गरेका थिए ।


नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भएपनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउँदै अर्थ मन्त्री शर्माले नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।

मन्त्री शर्माले भारतीय सिमा संग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउँदै सुख्खाग्रस्त क्षेत्रका लागि बिशेष प्याकेज ल्याउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिन्दु नारीहरुद्वारा बिहीवार ऋषिपञ्चमी मनाईंदै

१६ भाद्र २०७९, बिहीबार १३:१३
नेपालगञ्ज : प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी विहीबार नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै छन् । नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं […]