बाँकेको सडक दुर्घटनामा मृतक सबै छ जनाको सनाखत

२० आश्विन २०७५, शनिबार १५:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मुगु खोला नजिकै शनिवार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जनाको सनाखत भएको छ । दाङबाट नेपालगञ्ज आईरहेको रा १ ज १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु भएको हो भने १७ जना घाईते भएका छन् ।


पूर्वपश्चिम राजमार्गमा बिहान ९ बजे भएको दुर्घटनामा हायसमा सवार २३ जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो २ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।
घटनामा पश्चिम दाङकी ३० वर्षीया तुल्सी रावत, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने २८ बर्षीया बसन्ती चौधरी, सोही ठाँउ बस्ने ५० बर्षीया नारायणी श्रीष, तुलसीपुर ६ का हायस चालक ३८ बर्षीय सुवन चौधरी र सल्यान शारदा नगरपालिका ५ बस्ने ३० बर्षीया दोर्णा बुढाथोकी र दाङ शान्तिनगर गाउँपालिका ७ की ५१ बर्षीया मनकुमारी रावतको मृत्यु भएको छ ।



घाईते १७ जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । अधिकाशं घाईतेहरुलाई खुट्टामा चोट लागेपनि सबै घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


घाईतेहरुको विवरण
१) दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २१ वर्षीया कृष्णाकुमारी रिजाल
२) सोही ठाउँ बस्ने २४ वर्षीया गीताकुमारी भण्डारी
३) सोही ठाउँ बस्ने ५० वर्षीया धनी डाङी
४) रोल्पा थपाङ २ बस्ने ४३ वर्षकी राजकुमारी रोका
५) सल्यान शारदा नगरपालिका १४ बस्ने ३० वर्षकी चन्द्रकला पुन
६) रोल्पा थवाङ गाँउपालिका २ बस्ने ४२ वर्षको कर्मबहादुर बुढा
७) दाङ तुल्सीपुर नगरपालिका ६ बस्ने ४० वर्षकी ईन्दिरा केसी
८) सल्यान छाँयाछत्र गाउपालिका ३ बस्ने वर्ष २३ की मिना योगी
९) दाङ तुल्सीपुर उपनगरपालिका ६ बस्ने ४२ वर्षकी ईश्वरी आले
१०) दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ५९ वर्षका टेकबहादुर सुनार
११) दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षकी कल्पना बस्नेत
१२) दाङ तुल्सीपुर उपमहानगरपालिका ३ बस्ने २३ वर्षकी अञ्जली बर्मा
१३) दाङ तुल्सीपुर उपमहानगरपालिका ८ बस्ने २३ वर्षका प्रेम बुढा
१४) दाङ तुल्सीपुर उपमहानगरपालिका १ बस्ने २८ वर्षका मोहनराज जोशी
१५) दाङ तुल्सीपुर उपमहानगरपालिका ७ बस्ने ४८ वर्षकी मनकुमारी वली
१६) दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २२ वर्षकी अन्जली पुन
१७) दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २५ वर्षका प्रकाश ओली

Next Post

निःशुल्क स्वास्थ्य शिविरमा साढे चार सय लाभान्वित

२० आश्विन २०७५, शनिबार १५:२९
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । सरयु मिडिया नेपालगञ्जको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा शनिवार गरिएको स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखा जाँच गराएका थिए । त्यस्तै छाला, पेट, छातीको समस्या भएका विरामीले पनि स्वास्थ्य सेवा लिएको […]