आगो ताप्दा जलेकी बर्दियाकी बृद्धाको मृत्यु

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १५:३४
 

नेपालगञ्ज : बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ । बर्दिया राजापुर नगरपालिका(५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।

उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्। प्रहरीका अनुसार उनले ओढेको ब्लाङकेटबाट आगो सल्किँदा उनी घाइते भएकी थिइन् ।

थारूलाई बर्दिया अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा.पारश श्रेष्ठ सम्मानित

२६ पुष २०८०, बिहीबार १५:३४
नेपालगञ्ज : लाइफलाइन हस्पिटल नेपालगञ्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित भएका छन् । मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेले बिहीबार नेपालगञ्जमा श्रेष्ठलाई सम्मान गरेको हो । माहुरी होम बाँकेका जिल्ला अध्यक्ष दिनेश ठाकुरले दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।