प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम बाहिरियो

सदरलाइन संवाददाता १० माघ २०७७, शनिबार १६:३२
 

काठमाण्डौ : प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ । मुलपानीमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीका सौरभ खनालले सर्वाधिक १८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा ६२ रन बनाएर आउट भयो ।


उसका नारायण जोशीले १७ र सन्तोष भट्टले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका कृष्ण कार्कीले ४ तथा अनिल खरेल र विक्रम भुसालले दुईदुई विकेट लिए । शनिवारको हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ । लुम्बिनीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

Next Post

नेपालगञ्जको शौचालय बन्यो गोदाम घर

१० माघ २०७७, शनिबार १६:३२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१३, मासुमण्डी छेउमा निर्माण भएको अत्याधुनिक शौचालय गोदाम घरको रुपमा प्रयोग भएको छ । उपमहानगरले मासुमण्डीका एक मासु ब्यवसायीलाई संचालनका लागि भाडामा दिए पनि ति ब्यवसायीले शौचालयलाई गोदाम घर बनाएका छन् । मासु ब्यवसायले महिला र पुरुष दुवैतर्फको शौचालयमा दिनभर ताला लगाउने गरेका छन् । ब्यवसाय गर्नुपर्ने […]