नेपालगञ्ज : नेपालगञ्ज–१७ परसपुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ सञ्चालक समिति स्थानीय जेष्ठ नागरिक भालु बेहनाको अध्यक्षतामा भएको भेलाले पुनः निजामुद्दिन ईद्रिशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सो समितिको गुलाम वासिम हल्वाई उपाध्यक्ष, सदस्यहरुमा हलिम दर्जी,सफिक बेहना, मकसुद अली दजी, गुुडिया दर्जी, जमालुद्दीन ईद्रिसी, मुनिर अहमद खाँ, हाफिज सहजाद, रहमान अली दर्जी, जमिल अहमद दर्जी, चाँद अली दर्जी, फरजुघीन ईद्रिसी, मकुद दर्जी र जमालुद्दीन दर्जी चयन भएका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. ३ का संघिय सांसद नन्दलाल रोकायको प्रमुख आतिथ्य तथा नेपालगञ्ज–२३ का वडा अध्यक्ष मो हुसेन शेषलगायतको २५६ जनाको उपस्थितिमा सो नयाँ कार्य समिति सबैसम्मत तरिकाले चयन भएको गुठीका निवर्तमान अध्यक्ष समेत रहेका निजामुद्दिन ईद्रिसीले जानकारी दिए ।
यस अघि सो वडाका वडा अध्यक्ष अजय पाठकको अगुवाईमा नयाँ सञ्चालक समिति गठन गरिएपछि नयाँ कार्यसमिति निर्माणबारे सञ्चालक निजाम ईद्रिसीले आफु लगायत समाजमा कुनै जानकारी नै नभएको भन्दै बिबाद भएको थियो ।
निजामुद्दीनले लामो समयदेखि आफ्नो पूर्खाले नीजि गुठीको रुपमा दर्ता गरी सार्वजनिक हितको रुपमा प्रयोग गर्दै आएको सहादत मस्जिद गुठी इदगाह र कर्वलाको व्यवस्थापन समिति वडा अध्यक्ष पाठकको रोहवरमा केही व्यक्तिहरुलाई वोलाई गठन गरी राजनैतिक पूर्वाग्रह अनुरुप गरिएको कार्य प्राति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।
वडामा भएको बृहद भेलाबाट जेष्ठ नागरिकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिए पछि समाजमा सो गुठिले विभिन्न सामाजिक तथा धार्मिक कार्य गर्न सहज हुने अपेक्षा गरिएको छ ।