२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा मंगलवार १४ संक्रमित थपिए, ६ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८६ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८ र कोहलपुर मेडिकल कलेजमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

तिमध्ये बाँकेका ८ जना छन् । ती अधिकांश कोहलपुरका ५ र बैजनाथ, खजुरा र राप्तीसोनारी गाउँपालिकाका ११ जना रहेका छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या अव १८ हजार १५ पुगेको छ ।

यस्तै मंगलवार ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ६७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३६ रहेको छ ।

प्रकाशित मिति : २०७८ भदौ १५ गते मंगलबार
ताजा समाचार