२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

शिक्षकलाई तलब खुवाउन अदुवा खेती



रोल्पा : निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती सुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका विरुवा लगाएको छ ।

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताए । विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको अध्यक्ष ओलीको भनाइ छ ।

विद्यालयको आम्दानी बढाउन सुरु गरिएको तरकारी र फलफूल खेतीमा अभिभावकले पनि सहयोग गर्दै आएका छन् । सदरमुकाम नजिकै रहेको यो विद्यालयमा अहिले ९० जना बालबालिकाले अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार
ताजा समाचार