Sadarline
२०८३ असोज २८ , बुधबार

छुटेका विद्यार्थीलाई कोहलपुरमा मंगलवार खोप लगाईने



कोहलपुर (बाँके) : कोरोना भाईरसको खोप लगाउन छुटेका विद्यार्थीहरुलाई कोहलपुरमा मंगलवार पुनः खोप लगाईने भएको छ । कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका विद्याथीहरुले यसअघि दुई चरणमा खोप लगाईएको थियो ।

उक्त अभियानमा छुटेका १८ वर्षमाथिका विद्यार्थीहरुलाई मंगलवार पुनः खोप लगाउने तयारी गरीएको कोहलपुर नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सूचना जारी गर्दै नगर स्वास्थ्य शाखाले मंगलवार बिहान १० बजेदेखि ४ बजेसम्म कोहलपुर १० स्थित डाईनामिक माविमा खोप अभियान सञ्चालन गर्न लागेको जनाएको हो । कक्षा १२ को परिक्षाको तयारीम रहेका विद्यार्थीहरुले प्रवेश पत्रको आधारमा सहजै खोप लगाउन सक्नेछन् ।

उक्त खोप केन्द्रमा विद्यार्थीका अलावा नगरक्षेत्रभित्र ईन्टरनेट सेवा प्रदायक कार्यालयका कर्मचारीहरु, दुग्धविकास संस्थानका कर्मचारीहरु, सुनचाँदी ब्यवसायीका साथै खोपको प्राथमिकतामा रहेर पनि छुटेका समुहका ब्यक्तिहरुलाई खोप लगाईने बताईएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १४ गते सोमबार
ताजा समाचार