२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा २ जनामा कोरोना पुष्टि, ९ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १२१ नमुना परीक्षण गर्दा दुई जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५६ नमुना परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका दुवै जना बाँकेका हुन् । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । अव बाँकेमा सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । तीन जनाको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको छ भने ४३ जना होमआइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार
ताजा समाचार