बाँकेमा १० संक्रमित थपिए, ५ जना डिस्चार्ज, एकको मृत्यु

सदरलाइन संवाददाता २६ असार २०७८, शनिबार १७:१५
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४७ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६६ नमुना परीक्षण गर्दा ६, नेपालगञ्ज मेडिकल कलेजमा ४३ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा शून्य गरी ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ४ जना छन् । ३ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै बाँकेमा हालसम्म ८५ हजार ४ सय ८७ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । २ महिला र ३ जना पुरुष गरी ५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १४१ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।


त्यस्तै कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नपा ३ प्युठानका ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । असार १८ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिए ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६८ जनाको मृत्यु भइसकेको छ भने बाँके जिल्ला भित्रका ३११ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जको अन्तरक्रिया

२६ असार २०७८, शनिबार १७:१५
कोहलपुर (बाँके)  :  बाँके राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा गरेको गतिविधिका बारेमा पत्रकार अन्तरक्रियाको आयोजना गरी जानकारी गराएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्जका तर्फबाट चालु आर्थिक वर्षमा सम्पन्न गरिएका विभिन्न गतिविधिको बारेमा […]