तेस्रो भेरिन्टको तयारीको लागि प्लानद्वारा ४० लाखबढीको स्वास्थ्य सामाग्री

सदरलाइन संवाददाता १४ असार २०७८, सोमबार २०:०२
 


नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले कोरोनाको संभावित तेस्रो लहर नियन्त्रणका लागि जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेलाई ४० लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

क्लबले जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेलाई कोरोनाको संभावित तेस्रो लहर दोस्रो भन्दा पनि बढी भयावह हुने आशंका गरिएकोले सो नियन्त्रणका लागि तयारी शुरु गर्न सहज होस भनेर ४० लाख रुपियाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

सो सामाग्रीलाई बाँके युनेस्को क्लबका संरक्षक सिद्दिकी र प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि जनक गिरीले संयुक्त रुपमा जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरेका हुन ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना कहरको संभावित तेस्रो लहरबाट जोगिनका लागि बाँकेमा तयारी शुरु गरि सकिएको जनाउँदै सोहीका लागि प्लान र युनेस्कोबाट प्राप्त भएको स्वास्थ्य सामाग्रीले यस पटक पहिलेदेखि नै सबैले होसियार भएर तेस्रो लहर आउनु भन्दा पहिले नै सबै तयारी गर्नु पर्ने देखिएकोले सो का लागि यो सामाग्री अतिनै सहयोगी हुने बताए । सरकारकोे मात्रै मुख ताकेर बस्नु भन्दा गैर सरकारी र निजि क्षेत्रले पनि महामारी नियन्त्रणमा अहम भूमिका खेल्नु पर्ने प्रजिअ गेलालले बताए ।


सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहीले बाँकेका अस्पताल र जिल्ला कोभिड व्यवस्थापन समिति दुबैले तेस्रो लहर नियन्त्रणको तयारी गरिसकेकोले सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो ।स्वास्थ्य सामाग्रीहरुको बारेमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले जानकारी गराए ।

डीसीएमसी, नेपालगञ्जमा रहेको भेरी अस्पताल र विभिन्न ८ वटा स्थानीय तहहरुका लागि प्रदान गरिएको ४० लाख रुपियाँको सो स्वास्थ्य सामाग्रीमा ८० हजार मास्क, ६ वटा अक्सिजन कन्सन्टेटर, ४० वटा अक्सिजन सिलिन्डर, ६४० एन ९५ मास्क, ५०० एमएलका १२४८ पिस हेन्ड सेनिटाइजर, १२५० वटा फेस शिल्ड, ३ हजार ग्लोभ्स, ५सय एन्टिजेन टेस्ट किट, २ सय अक्सिमिटर, ५०० सेट पिपीई लगायत सामाग्री रहेका छन् ।

दोस्रो लहरमा अक्सिजन लगायत स्वास्थ्य सामाग्रीको अभाव भएकोले यस पटक पहिलेदेखिनै अक्सिजनसहितका सामाग्रीलाई तयारी हालतमा राख्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको प्लानका प्रतिनिधि जनक गिरीले बताए ।

जिल्ला कोभिड व्यवस्थापन समितिलाई प्राप्त भएका सबै सामाग्रीलाई सम्बन्धित स्थानहरुमा पुरयाउने समितिका सुचना अधिकृत रुपन ज्ञवालीले जानकारी बताए । सो अवसरमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, क्लबका सह निर्देशक साजिद अली सिद्दिकी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आजदेखि सार्वजनिक सवारी साधन चले

१४ असार २०७८, सोमबार २०:०२
नेपालगञ्ज : करिव दुई महिनापछि आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालकालागि मंगलवारदेखि ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको थियो । त्यहीअनुसार मंगलवारदेखि बाँकेमा विजोर नम्वरका सवारीसाधन चलेका छन् । दिनअनुसार, जोर विजोर नम्वरका सवारीसाधन […]