बाँके राष्ट्रिय निकुञ्जको अन्तरक्रिया

सदरलाइन संवाददाता २६ असार २०७८, शनिबार १९:२४
 


कोहलपुर (बाँके)  :  बाँके राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा गरेको गतिविधिका बारेमा पत्रकार अन्तरक्रियाको आयोजना गरी जानकारी गराएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्जका तर्फबाट चालु आर्थिक वर्षमा सम्पन्न गरिएका विभिन्न गतिविधिको बारेमा जानकारी गराएका थिए ।


सोही कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका रविन कडरियाले निकुञ्जले संरक्षण तथा पर्या पर्यटनको क्षेत्रमा गरेका गतिबिधि, बाघ संरक्षणको अवस्था तथा यसका चुनौती, मनाव बन्यजन्तुबीचको द्वन्द्व लगायतका विषयमा भएका कार्यहरुका बारेमा जानकारी गराएका थिए । बाँके राष्ट्रिय निकुञ्जमा हाल २१ वटा पाटे बाघ रहेको र यो संख्या अझ बढ्न सक्ने तथ्यहरु रहेको उनको प्रस्तुतीमा समेटिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले स्वागत गरेको कार्यक्रमका सहभागिले निकुञ्जमा पर्यापर्यटनको सम्भावाना प्रचुर रहेकोले प्रचार प्रसारको लागि पहल गर्नुपर्ने संगै बाघ संरक्षणको उद्देश्यले स्थापना गरीएको कान्छो निकुञ्जमा पर्यटकिय क्षेत्र विकासको लागि सम्भावनाहरुको खोजि गर्नुपर्ने कुराको नाटाका कृष्णप्रसाद श्रेष्ठ, श्रीराम सिग्देल, कृष्ण चौधरीलगायतले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरका वडानं. १० र १२ भए बालविवाह मुक्त वडा

२६ असार २०७८, शनिबार १९:२४
नेपालगञ्ज  : प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरका दुई वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपालगञ्ज उपमहानगरका वडा नं १० र १२ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । यो घोषणासंगै […]