सिक्टाको ४५ किलोमिटर मूल नहरको निर्माण सम्पन्न

सदरलाइन संवाददाता ४ फाल्गुन २०७८, बुधबार १६:३९
 

नेपालगञ्ज : सिक्टा सिँचाइ आयोजनाअन्तर्गत बाँकेको अगैयादेखि पश्चिमतर्फ ४५ किलोमिटर मूल नहरको निर्माण सकिएको छ । तर नहर क्षेत्र आसपासको खेतलाई सिँचाइ सुविधा दिने गरी पानी भने छाडिएको छैन ।

५० क्युसेक पानीको बहाव क्षमता रहेको उक्त नहर निर्माणमा १६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल नहरको काम सकिएको चार वर्ष हुन थालिसकेको छ । नहरको घुलनशील माटोको उपचार नगरेसम्म ५० क्युसेक पानी सञ्चालन गर्न गाह्रो हुने सिक्टा सिँचाइ आयोजनाका निर्देशक सन्तोष कैनीले बताए ।


पश्चिमी नहरबाट जिल्लाको ३३ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ पु¥याउने लक्ष्य छ । नहरमा पानी बग्दैन । नहरको कुन भागबाट पानी चुहिन्छ भन्ने हेर्न बेलाबेला ४–५ क्युसेक पानी छाड्दै आइएको थियो । अहिले त्यो पनि बन्द छ ।

शाखा, प्रशाखा र खेतसम्म पानी पुर्याउने संरचना निर्माण भइनसकेको र नहरको मर्मत भइरहेकाले पानी बन्द गरिएको आयोजनाको दाबी छ । अहिले पानी छाड्ने कुरा त परै जाओस्, नहरलाई वर्षामा कसरी जोगाउने भन्ने नै आयोजनाका लागि चुनौती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचविखन बिरुद्धको सचेतनामुलक कार्यक्रम SEROFERO 1

४ फाल्गुन २०७८, बुधबार १६:३९
मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने उद्देश्यका साथ प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मानव बेचविखनका बिरुद्ध जनचेतना मुलक कार्यक्रम अन्तरगत बाँके युनेस्को क्लवद्वारा सञ्चालनमा ल्याईएको प्रोटेक्ट परियोजनाका लागि मिडवेष्ट एडभरटाईजिङ्गद्वारा तयार पारिएको भिडियो कार्यक्रम हो सेरोफेरो ।

सम्बन्धित