बाँकेमा शनिवार ८ संक्रमित थपिए, ८ जना डिस्चार्ज

सदरलाइन संवाददाता १६ आश्विन २०७८, शनिबार १४:४६
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ६ जना र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । यस्तै बागेश्वरी ल्याबमा शनिवार परीक्षण गरिएको छैन ।


तीमध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३४ पुगेको छ ।

यस्तै शनिवार थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ७ जना सिकिस्त र १५ जना मध्यम विरामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजना विश्व अहिंसा दिवस नेपालगञ्जमा मनाईयो

१६ आश्विन २०७८, शनिबार १४:४६
नेपालगञ्ज  : राष्ट्रिय भुमि अधिकार मञ्च बाँकेले विश्व अहिंशा दिवसको अवसर पारेर नेपालगञ्जमा शान्ति प्रर्दशन गरेको छ । नेपालगञ्जको गणेशमान चोकबाट सुरु भएको सो शान्ति प्रदर्शनी चारबाहीनी रोड, भेरी अस्पताल रोड हुँदै जिल्ला प्रशाशन कार्यालय बाँकेको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई भूमि अधिकारकर्मीहरुले सम्बोधन गरेका […]