सरकारविरुद्ध बाँके काँग्रेसद्वारा प्रदर्शन

सदरलाइन संवाददाता २९ मंसिर २०७७, सोमबार १७:०६
 

नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेले सरकारको विरोधमा सोमवार नेपालगञ्जमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार बाँकेमा पनि बिरोध प्रदर्शन गरिएको हो ।

दिउसो नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडी पुगेको थियो ।


जिल्लाका ८ वटै पालिकाबाट नेपालगञ्ज केन्द्रित भएका नेता कार्यकर्ताहरुले केपी ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । काँग्रेस जिल्ला सभापति किरण कोइरालाको नेतृत्वमा गरिएको प्रदर्शनमा हजारौं कार्यकर्ता सहभागी भएको काँग्रेस बाँकेले दावी गरेको छ ।

Next Post

बाँकेमा मंगलवार १५ जना डिस्चार्ज

२९ मंसिर २०७७, सोमबार १७:०६
नेपालगञ्ज : बाँकेमा मंगलवार १५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ६ पुरुष र ९ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ९९ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका […]