बाँकेमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

सदरलाइन संवाददाता २३ असार २०७८, बुधबार १३:०७
 

नेपालगञ्ज : आफ्नै छोरीलाई ६ बर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा धनौली प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यबहारका साथै जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर २ का ४२ बर्षीय बाबुले बिगत ६ बर्ष देखि आफ्नै छोरीको बलात्कार गर्दै आएको पिडितले बताएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए ।


जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी मधुसूदन न्यौपानेका अनुसार आफ्नै छोरी बलात्कारको आरोपमा दर्ता भएको ६ दिन भएको र सो को अनुसन्धान चलिरहेको छ ।

प्रहरीका अनुसार पिडितको भनाई उदृत गर्दै करिब ६ बर्ष देखि (पिडितको उमेर ९ बर्षको हुँदादेखि) मौका छोपेर आफ्नै बाबुले बलात्कार गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरानाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

२३ असार २०७८, बुधबार १३:०७
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दियाको राजापुर नगरपालिका ६ का ५४ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६५ जनाको मृत्यु भएको छ […]

सम्बन्धित