किर्ते गरेको अभियोगमा मालपोत अधिकृत पक्राउ

१९ चैत्र २०७५, मंगलवार १७:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मालपोत कार्यालय बर्दियाका निमित्त प्रमुख मालपोत अधिकृत रामकुमार बोहरालाई बर्दिया प्रहरीले पक्राउ गरि बाँकेमा बुझाएको छ । करिब चार महिनाअघि ठाकुरबाबा नगरपालिका नेउलापुरमा रहेको सरकारी जमिन व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा अनुसन्धानका लागि उनलाई बर्दिया प्रहरीले मालपोत कार्यालयबाट पक्राउ गरि बाँके पठाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
सरकारी जमिन किर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ । पुरानो मुद्दामा अनुसन्धानका लागि बोहरालाई पक्राउ गरी बर्दिया प्रहरीले बाँके प्रहरीलाई बुझाएको उनले बताए । भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी मिलेर नेउलापुरको ६ विघा जमिन किर्ते गरेर ब्यक्तिको नाममा नामसारी गरेको आरोप छ ।
यही आरोपमा यसअघि जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेललगायतका कर्मचारीलाई बर्दिया प्रहरीले पक्राउ गरी बाँके प्रहरीलाई बुझाएको थियो ।

Next Post

न्यायिक समितिमा सम्वन्ध विच्छेदका मुद्दा बढी

१९ चैत्र २०७५, मंगलवार १७:३१
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा रहेको न्यायिक समितिमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधीमा ७ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन् । ती मुद्दाबारे शुरुमा सम्वन्धित पक्षलाई बोलाएर मेलमिलापको प्रयास गरिएपनि नमिलेपछि अदालत पठाउने गरेको समितिकी संयोजक […]