सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमवार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ७३ छ भने हालसम्म निको हुनेको संख्या ११ हजार ८ सय ६८ रहेको छ ।
