‘डुडुवाका अध्यक्ष चौधरीले मनोमानी गर्न खोज्दा विवाद बढ्यो’

सदरलाइन संवाददाता १८ असार २०७९, शनिबार १८:३३
 

नेपालगञ्ज : नेपाल कम्यूनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी डुडुवा गाउँपालिका कमिटी बाँकेले शनिवार नेपालगञ्जमा संयुक्त प्रेस बिज्ञप्ती सार्वजनिक गरेका छन् ।

डुडुवा गाउँपालिकाको अध्यक्ष नरेन्द्र कुमार चौधरीले मनोमानी एकलौटी रुपमा पालिकाको निर्णय गर्ने र निर्णयमा वडा अध्यक्ष समेतलाई जानकारी नगराई मनपरि तन्त्रले पालिका सञ्चालन गराउन खोजेको पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रले भने ।

स्थानिय तहमा एक्लौटी शासन चलाउन खोजेको र यसलाई रोक्न खोज्दा अनाहकमा बहुमतको दम्भ देखाएको भन्दै बैठक स्थगित गर्ने गरेको वडा अध्यक्ष मिश्रले बताए ।

बारम्बार पालिका बैठकमा एकलौटी निर्णय पारित गराउन खोज्ने र आफुहरु मान्य नभएपछि उनले अहिलेसम्म गाउँपालिका सभा समेत नगरेको मिश्रले बताए ।


पालिका भित्र रहेका नातावाद तथा सरकारी सम्पत्तिको दुरुपयोग रोक्नको लागि नेकपा एमाले र जसपा डुडुवा गाउँपालिका कमिटीले संयुक्त प्रेस बिज्ञप्ती निकाली पालिकाको सम्पत्ति सार्वजनिक गर्न तथा सरकारी सम्पत्तिलाई निजी कार्यमा प्रयोग नगर्न उनिहरुले बारम्बार माग गर्दै आएको जनाएका छन् ।

स्थानीय तहको निर्वाचन परिणाम पश्चात डुडुवा गाउँपालिकामा वडासदस्य, वडा अध्यक्षहरुले नीतिपुर्ण ढंगले माग राख्दा समेत पालिका अध्यक्ष चौधरीले कुनै सहमती नजनाएपछि प्रेस बिज्ञप्ती सार्वजनिक गर्न बाध्य भएको डुडुवाका जनप्रतिनिधीहरु बताएका छन् । पालिका अध्यक्षले स्वयं मनोमानी एकलौटी निर्णय गरेर पालिका चलाउने भए वडा अध्यक्षको के काम भनेर डुडुवा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष झंक बहादुर थापाले गुनासो पोखे ।

वडाअध्यक्ष तथा वडासदस्यहरुलाई पालिकामा हुने गतिबिधीको बारेमा जानकारी नगराउने र छलफल गरौ भन्दा समेत अनेकथरी बहाना बनाई उपस्थिती समेत नगराउने विषयमा डुडुवा नेकपा एमाले, जसपाको वडा अध्यक्ष तथा वडा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयको भवन पुर्ननिर्माण हुँदा हर्षित

१८ असार २०७९, शनिबार १८:३३
वीरेन्द्रनगर, हावाहुरीले उडाएको विद्यालयको छत फेरि पुर्ननिर्माण हुँदा शिक्षक, विद्यार्थी अभिभावक हर्षित भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थीहरु भवन एनएमवी बैंकले पुर्ननिर्माण गरेपछि हर्षित भएका हुन् । हावाहुरीले पाता उडाएको लामो समयसम्म पनि पुर्ननिर्माणमा […]