शान्तिपूर्वक बाँकेमा ताजिया सेलाईयो

सदरलाइन संवाददाता २ श्रावण २०८१, बुधबार २०:११
 

नेपालगञ्ज : मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन बुधबार बिभिन्न कार्यक्रमका साथ शान्तिपूर्ण सम्पन्न भएको छ ।

ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ ।

हत्या गरिएका तिनै धार्मिक शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया मंगलबार साँझ घरमा स्थापना गर्ने र बुधवार नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन हुने मौलाना मन्सुर आरफीले बताए ।

ईस्लाम धर्मावलम्वीहरुले धार्मीक शहिदहरुको सम्झनामा नेपालगञ्ज तथा मुस्लिम बाहुल्य ग्रामिण बस्ती एवम नगरका बिभिन्न भागमा ताजिया स्थापना गरी सजाइएको थियो ।

ताजियाहरुलाई बाजागाजाका साथ बुधबार दिउँसो ‘या हुसेन’, ‘या हसन’, भन्दै ढोल र नगडाका तालमा नगरको परिक्रमा गराइ ¥यालीमा ईस्लाम धर्मावलम्बीहरुले दुःख प्रकट गर्दै शरीर भरी बिलेड र धारिलो वस्तुले प्रहार गरेका थिए ।


नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा समापन गरिए करबला संरक्षण समितिका अध्यक्ष फिरोज आरफीले जानकारी दिए ।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्वक मोहर्रम समापन हुन सकेको बताए । उनले समाजमा शानित कायम गर्न भूमिका खेल्ने नागरिक समाज, अन्तरधार्मिक सामाजिक सञ्जाल, सुरक्षाकर्मीलगायतलाई धन्यबाद दिए ।

शान्तिपूर्वक मोहरम समापन गर्न सहयोग पुराउने विभिन्न व्यक्ति स्थानीय प्रशासन सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

बाँकेमा ताजिया विर्सजनको क्रममा कुनै अपृय घटना नभएको बाँके प्रहरी प्रमुख प्ररी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

ताजिया विर्सजन तथा मोहरम मनाउनको लागि बाँकेमा अन्तरधार्मिक सामाजिक सद्भाव समिति तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था बडा पारेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न अर्थमन्त्री पौडेलको आश्वासन

२ श्रावण २०८१, बुधबार २०:११
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्ने गुनासोलाई सरकारले चाँडै सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । एफएनसीसीआईका पदाधिकारीलाई अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम गरेबापत सरकारबाट पाउनुपर्ने भुक्तानी अव नरोकिने […]