२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल



नेपालगञ्ज : महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधवार मेयर डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरे ।

यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको नगर प्रमुख राणाले बताए ।

३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताए ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधबार
ताजा समाचार