
नेपालगञ्ज : कोरोनाको तेस्रो भेरियन्टको तयारी कै अवस्थामा बाँकेमा सञ्चालनमा ल्याईएका कोभिड बिशेष अस्पतालमा कोभिड–१९ का संक्रमितको संख्या क्रमिक रुपले घट्दो क्रममा रहेको पाईएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोभिड अस्पताल समन्वय फोकल पर्शन नरेशबाबु श्रेष्ठले २०७७ चैत्र २५ गतेपछि २८ जनाबाट उकालो लागेको कोभिड–१९ दोस्रो भेरिएन्टबाट संक्रमितको संख्या २०७८ बैशाख २५ गते सबै भन्दा उच्च ४ सय ६६ जना पुगेकोमा साउन १ गते घटेर २५ जनामा झरेको जानकारी दिए ।
उनले बाँकेमा कोरोना परिक्षणको लागि सञ्चालनमा रहेका ३ वटा पिसिआर ल्याबमा आसार महिनामा कोभिड शंकास्पद ४ हजार २ सय ९५ बिरामीको पिसिआर परिक्षण गरिएकामा ७ सय ३८ जनामा संक्रमण देखिएको बताए । यो प्रतिशतको आधारमा हेर्दा १७.१ प्रतिशत हो ।
संभावित तेस्रो भेरिएन्टको लागि लक्षित उमेरका हिसावले यो अवधीमा १८ बर्ष मुनिका ३ सय ९७ जनाको परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको पाईएको छ । प्रतिशतको आधारमा ४.३ मात्र पोजेटिभ रहेकोे अर्थात संक्रमित भएको पाईएको हो ।
कोरोना संक्रमणको कारण बाँकेमा ३ सय ११ ले ज्यान गुमाएका छन भने बाँकेमा उपचारको क्रममा रहेका अन्य जिल्लाका ३ सय ७२ गरी ६ सय ८३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।






प्रतिक्रिया दिनुहोस्