२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत सिस्नेपानी गाउँपालिका ४ रुकुम पूर्वकी ३९ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

मृतक महिला असार २३ गते अस्पतालमा भर्ना भएकी थिइन् । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३११ र बाहिरी जिल्लाको मृत्यु संख्या ३७२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रबार
ताजा समाचार